नेप्से परिसूचक ४८.४२ अंकले घट्यो

नेप्से परिसूचक ४८.४२ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ। मंगलबार पनि भारी अंकले गिरावट देखिएको थियो।

आज नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३ हजार ७६.४५ अंकमा मात्रै सीमित भएको छ । अघिल्लो एक साता अगाडिसम्म नयाँ रेकर्ड बनाउँदै गएको नेप्से एक सातादेखि निरन्तर ओरोलो लाग्न सुरु भएको छ।

आज कारोबारमा आएका २२७ कम्पनीकोे १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा कारोबार भएको छ। यी मध्ये १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २६ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ। साथै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आजको कारोबारमा नेप्सेका सबै उपसमूहहरु  राताम्मै भएका छन्। तर जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

अन्य सबै कम्पनीको शेयर भारी गिरावट आएको छ। त्यस्तै कारोबार रकमका आधारमा अरुण काबेली पावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावर लगायतका कम्पनी शीर्ष स्थानमा रहेका छन्।

Logo