ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर

ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकले अटो एक्प्रेस (ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतीय सवारी कर्जा लगायतका बिभिन्न सवारीसाधन योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । 

यो योजना निजी प्रयोजनको लागि विभिन्न नयाँ सवारी साधन खरिदको लागि उपलब्ध हुनेछ । साथै, कर्जा आवेदन प्रक्रिया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । 

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । 

Logo