पुनर्निर्माण प्राधिकरणले बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने

पुनर्निर्माण प्राधिकरणले बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार विपद् व्यवस्थापनसम्बन्धी बाँकी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ । 

त्यसैगरी, अन्य निकायहरु शहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरुको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालय, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्नेछ ।

ज्ञवालीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेको कामलाई धन्यवाद दिँदै पुनर्निनिर्माणमा बाँकी रहेका कामलाई  हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।’ 

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । 

Logo