नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

केन्द्रबिन्दु
0
Shares

आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ६ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटेको छ। 

महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ।

विगत देढ दशक अघिदेखि महानगरिय महाशाखालाई भौतिकरुपमा समेत सहयोग पुर्याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ। 

सो छलफलमा उपाध्यक्ष करणकुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो। 

Logo