बढ्यो सुनको मूल्य, कति छ आज?

बढ्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ५ सयले बढेको हो। 

यस हप्ता आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको थियो। बिहीबार सुन २ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

Logo