समस्यामा पर्नेलाई तादी खोलाको एक लाख ६० हजार कित्ता शेयर

समस्यामा पर्नेलाई तादी खोलाको एक लाख ६० हजार कित्ता शेयर

केन्द्रबिन्दु
0
Shares

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीमार्फत नुवाकोटमा निर्माणाधीन तादी  खोला जलविद्युत आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् ।

कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपछि कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो । 

दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले  एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि  विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने  देखिएको छ ।

ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता रु १०० का दरले एक लाख ६० हजार कित्ता शेयर दिन लिखित सहमति जनाएका थिए  ।

सहमति पछि ११ सदस्य सहजीकरण समितिसमेत गठन गरिएको समितिका सदस्य दुप्चेश्वर–६ का राजकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार यस समितिले  अति अससर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीनै पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर वितरण सुनिश्चित गर्ने गरी कार्य अघि बढाएको छ ।

एकै कम्पनीको दोहोरो शेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपिओ  उनीहरूलाई नभर्न आग्रह गरिएको तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो । रासस

Logo