तातोपानी नाकाबाट लक्ष्यभन्दा कम सामग्री भित्रिए, राजस्व पनि आधाले घट्याे

तातोपानी नाकाबाट लक्ष्यभन्दा कम सामग्री भित्रिए, राजस्व पनि आधाले घट्याे

केन्द्रबिन्दु
0
Shares

उत्तरी नाका तातोपानी  भन्सार कार्यालयबाट दुई महिनायता कन्टेनर सामान न्यून मात्रामा भित्रिएको छ। अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका संचालनमा आउन सकेको छैन । यसका कारण यस नाकाबाट तातोपानी भन्सार कार्यालयले राखेको लक्ष्य पूरा गर्न सकेको छैन।

नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन अवरुद्ध सडक र लगातारको वर्षाका कारण सडक संचालनको काम सार्थक बन्न सकेको छैन। त्यसै कारण तातोपानी नाकाबाट आयात ठप्प जस्तै भएको छ। सडक अवरुद्ध भएपछि सयौँ मालबाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने भएका कारण व्यापारी मर्कामा परेका छन्।

तातोपानी भन्सारबाट असार महिना सुरु भएपछि दैनिक रूपमा दुईवटा कन्टेनर मात्र भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए।

तातोपानी भन्सार कार्यालयमा असार महिनामा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ। साउन महिनामा ७ करोड २१ लाख राजस्व संकलन भएको उनले जानकारी दिए। गत वर्षको साउनमा ३ करोड ४८ लाख रुपैयाँ राजस्व उठेकामा यस वर्ष ७ करोड २१ लाख रुपैयाँ संकलन भएकाले निकै प्रगति देखिएको अधिकृत ढकालको भनाइ छ। 

गत वर्ष कोभिड र बाढी पहिरोले सडक संचालन नहुँदा खासै सामान नभित्रिएकाले राजस्व कम उठेको भन्सारले जनाएको छ। नाका ठप्प जस्तै हुँदा नजिकिँदै गरेको दशैँ, तिहारसम्म व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपैयाँ मूल्य बराबरका सामान ल्याउन सके फाइदा हुने व्यवसायीहरू बताउँछन्।  

चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिएका सामान कामदारले बोकेर कन्टेनरका सामग्री कष्टपूर्ण रूपले ल्याउने गरेका छन्। यस कारण व्यापारीका धेरै सामग्री अलपत्र पर्ने गरेका छन्।न्युज कारखानाबाट

Logo