सुनचाँदीको मूल्य, के छ आजकाे अवस्था?

सुनचाँदीको मूल्य, के छ आजकाे अवस्था?

केन्द्रबिन्दु
0
Shares

साताको दाेस्राे दिन आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ। आइतबार पनि मूल्य स्थिर थियाे।

गत हप्ता आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको थियो। बिहीबार सुन २ सयले घटेको थियो भने शुक्रबार ५ सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९१ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २१० मा कारोबार भइरहेको छ।

Logo