मंगलबार पनि ६९.०५ अंकले घट्यो नेप्से

मंगलबार पनि ६९.०५ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

सोमबार कारोबार बन्द रहेको नेप्से मंगलबार बजार राताम्मे भएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २ हजार ९७५.८४ अंकमा सीमित भएको छ । 

मंगलबार कारोबारमा आएका २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा १३ वटा उपसमूह तर्फका सबैमा भारी गिरावट आएको छ । सबैभन्दा बढी रुरु जलविद्युत् परियोजना, माउन्टेन हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, सिभिल लघुवित्तलगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।

कर्णाली विकास बैंक, मनकामना स्मार्ट लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।

Logo