सानिमा लाईफको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुँदै

सानिमा लाईफको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको २ करोड कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको कारोबार रेञ्ज पाएको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ‘एसएलआइ’ सिम्बोल पाएको छ । अब भोलि बिहिबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सले साउन २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । 

Logo