अभिनेत्री करिष्मासम्बद्ध कम्पनीले ल्यायो इन्टेक्स ब्राण्डका सामान

अभिनेत्री करिष्मासम्बद्ध कम्पनीले ल्यायो इन्टेक्स ब्राण्डका सामान

केन्द्रबिन्दु
0
Shares

इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा पाइने भएको छ । 

इन्टेक्स ब्राण्डका परिवारका लागि आवश्यक पर्ने लगायतका इलेक्ट्रोनिक्स सामानहरु नेपालमा रिसिक टेडिङ कन्सर्न प्रालिले आधिकारिक विक्रेता भएर नेपाल भित्राएको बुधवार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

रिसिक टेडिङ कन्सर्न प्रालिको प्रवन्ध निर्देशक अभिनेत्री करिष्मा मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताहरुले इन्टेक्स ब्राण्डलाई प्रयोग गर्न र आफूले चालेको नयाँ पाइलामा साथ दिन आग्रह गरिन् । 

इन्टेक्स ब्राण्ड बिगत २५ वर्षदेखि विश्व बजारमा आएपनि ८ वर्ष अघि मात्र यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको जनाइएको छ । इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Logo