अनुगमन तथा मूल्यांकन विधेयक पारित

अनुगमन तथा मूल्यांकन विधेयक पारित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरेको छ । 

समितिको बुधबार बसेको बैठकले उक्त विधेयक, २०७६ पारित गरेको हो । 

समिति सभापति परशु राम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिए । 

उनले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भूमिका खेल्ने बताए ।

गुरुङले आगामी दिनमा विकास निर्माणका आयोजनाहरु अलपत्र हुने, अनियमितता हुने कुराबाट जोगाउने आशयसहितको व्यवस्था विधेयकमा भएको पनि उल्लेख गरे । 
    

Logo