दराजले ल्यायाे कुनै सामान किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका

दराजले ल्यायाे कुनै सामान किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका

केन्द्रबिन्दु
0
Shares

अनलाइन बजार दराजले ग्राहकलाई आफ्नो प्लेटफर्ममा सामान किन्नुअघि सो सामानबारे प्रत्यक्ष प्रसारण हेर्ने सुविधा दिएको छ। कम्पनीले यसका लागि दक्षिण एसियाकै पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु भएको घोषणा गरेको छ।

दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा प्रस्तुत गरिएको छ। यसमार्फत ग्राहकलाई वास्तविक अनुभव दिलाउनका लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान दिइने कम्पनीले जनाएको छ।

ग्राहकले घरमै बसी ब्राण्ड र उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्नेछन्। दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा ‘दराज लाइभ स्ट्रिम’ आयोजना गरिने छ।

ग्राहकले दिनमा १२, ४ र ६ बजे दराज एपमार्फत लाइभ हेर्न पाउनेछन्। साेसल मिडियाबाट हुने प्रत्यक्ष प्रसारणभन्दा याे अलि फरक र पृथक हुने जनाइएकाे छ।

ग्राहकका लागि सहज र अन्तर्क्रियात्मक ‘सी नाउ बाई नाउ’ को अवधारणा पेस गरिने कम्पनीले उल्लेख गरेकाे छ। दराज लाइभमार्फत ग्राहकले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन्।

दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकलाई ब्राण्डका बारेमा प्रचुर जानकारी संकलन गर्न पर्याप्त अवसर प्रदान गर्ने र ग्राहक-बिक्रेताबीच रियल टाइममा कुराकानी हुनेछ।

एन्ड्रोइड स्मार्टफोनबाट ग्राहकलाई लाइभ स्ट्रिममा सामेल हुन दराज एपले नयाँ अपडेट ल्याइसकेकाे छ। आईओएस प्रयोगकर्ताका लागि एप अपडेट ६ सेप्टेम्बरदेखि उपलब्ध हुने जनाइएकाे छ।

दराज लाइभबारे थप जानकारीका लागि याे लिंकमा क्लिक गर्नुहोस्

Logo