राष्ट्र बैंकले जारी गर्यो २० अर्ब रुपैयाँ बराबरको रिपो

राष्ट्र बैंकले जारी गर्यो २० अर्ब रुपैयाँ बराबरको रिपो

केन्द्रबिन्दु
0
Shares

बिहीबार नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) को अभाव भएको र त्यसको समाधानको लागि राष्ट्र बैंकले छोटो अवधिको ऋणका रुपमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुका लागि रिपो जारी गरेको छ।

कर्जा आवश्यकता हुने बैंकहरुले उचित धितोसहित बैंकको वेभसाइटमा उपलब्ध लिंकमा खोलेर रिपोका लागि आवेदन दिन सक्ने छन् । 

रिपो म्याचुरिटी अर्थात् बैंकहरुले कर्जा परिचालन गर्न पाउने मिति प्रस्तावित रिपो निष्काशनको मितिले एक हप्ता (भाद्र २४ गते) सम्म रहने राष्ट्र बैंकले जनाएको छ । 

के हो रिपो ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले छोटो अवधिका लागि (अधिकतम ७ दिन) तरलता प्रवाह गर्न बैंकहरुलाई कर्जा प्रस्ताव गर्ने गर्छ । 

यस्तो प्रस्तावमा इच्छुक बैंकहरुले आफूले दिन सक्ने ब्याजदरसहित कर्जाका लागि प्रस्ताव गर्न सक्ने छन्।  राष्ट्र बैंकले ब्याजदर हेरेर सबैभन्दा बढी ब्याज प्रस्ताव गर्ने बैंकबाट क्रमशः रिपो वितरण गरिनुलाई रिपो भनिन्छ । 

केन्द्रीय बैंकले रिपो मात्र जारी गर्दैन । यसैको ठीक उल्टो रिभर्स रिपोसमेत जारी गर्छ । रिभर्स रिपो अर्थात् बजारमा अधिकतम तरलता कायम भई कर्जा प्रवाहमा समस्या भएमा केन्द्रीय बैंकले सोही प्रक्रियाअनुसार रिभर्स रिपो उठाउने गर्छ । 

Logo