घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ७ सयले घटेको हो। सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। 

गत हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २२० मा कारोबार भइरहेको छ।

Logo