वाणिज्य बैंकः दुई सातामा ४१ अर्ब कर्जा प्रवाह हुँदा १२ अर्ब मात्रै निक्षेप थप

वाणिज्य बैंकः दुई सातामा ४१ अर्ब कर्जा प्रवाह हुँदा १२ अर्ब मात्रै निक्षेप थप

केन्द्रबिन्दु
0
Shares

साउन महिनाको तुलनामा भदौ महिनामा वाणिज्य बैंकहरूले निक्षेप संकलनमा सुधार गरेका छन्। 

पछिल्लो दुई सातामा २७ वटा वाणिज्य बैंकहरूले १२ अर्ब रुपैयाँ निक्षेप थप गरेका छन्। साउन महिनामा वाणिज्य बैंकहरूको मात्रै ७८ अर्ब भन्दा बढीले निक्षेप संकलन घटेको थियो ।

गत भदौ ४ गतेसम्म बैंकहरूमा ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप थपिएकोमा भदौ १८ गतेसम्म आउँदा ४१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

तर,पछिल्लो दुई सातामा निक्षेपको तुलनामा कर्जा लगानीमा उच्च रूपमा वृद्धि भएको छ । दुर्ई साताको अवधिमा कर्जा लगानी मात्रै ४१ अर्ब रुपैयाँ पुगेको छ ।

गत भदौ ४ गतेसम्म वाणिज्य बैंकहरूले ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। भदौ १८ गतेसम्ममा ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। 

नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म बैंकहरुको निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो।  साउन ३२ गतेसम्म आउँदा ४१ खर्ब २३ अर्बमा खुम्चिएको थियो। 

Logo