अर्थमन्त्री शर्माले संसद्मा किन बोले झुट ?

केन्द्रबिन्दु
0
Shares

देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारबारे संसद्मा झुट बोलेका छन् ।

संसद्मा राष्ट्र ऋण उठाउने अध्यादेश सम्बन्धमा सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए ।

विरोध सूचना दिदै सुवालले लगातार घट्दो क्रममा रहेको शेयर बजार अर्थमन्त्रीको एक फोनले बढेको भन्दै प्रश्न उठाएका थिए ।

राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भनेर सुवालले प्रश्न समेत गरे ।

उनले भने,‘यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ ।’ 

अर्थमन्त्रीले पहिले एक सय जनाले पूर्ण शेयर बजार चलाएको भनेर हौवा फैलाएको र पछि मौद्रिक नीतिमार्फत् ३७ लाख प्रत्यक्ष लगानीकर्ता रहेको शेयर बजारमाथि प्रहार गरेको आरोप लगाउदै अर्थमन्त्रीले कस्को स्वार्थको लागि बोल्नु भयो’ भन्दै प्रश्न गरे। 

तर,अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा आएको उतारचढावको विषयमा आफूले गभर्नरसँग कुरा नगरेको भन्दै झुट बोलेका छन्। 

सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको दाबी भन्दै झुट बोलेका हुन्।

अर्थमन्त्री शर्माले संसदमा भने,‘मैले गभर्नरसमक्ष फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर त्यो सत्य होइन । आन्तरिक घोटालाको विषयमा उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा समिति गठन गरिएको हाल छानबिन चलिरहेको छ ।’

तर राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका थिए ।

त्यस्तै, जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अर्थमन्त्रीले गभर्नरलाई फोन गरेको समाचारको पुष्टि स्वयम् अर्थमन्त्रीको सचिवालयले जनाएको थियो । तर, उनले फोन नगरेको भन्दै झुट बोलेका छन्।

संसद्मा राष्ट्र ऋण उठाउने अध्यादेश सम्बन्धमा सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए ।

विरोध सूचना दिदै सुवालले लगातार घट्दो क्रममा रहेको शेयर बजार अर्थमन्त्रीको एक फोनले बढेको भन्दै प्रश्न उठाएका थिए ।

राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७\७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भनेर सुवालले प्रश्न समेत गरे ।

Logo