प्रतिस्थापन विधेयकप्रति व्यवसायी तथा उद्योगीहरुको सकारात्मक प्रतिक्रिया, कसले के भने?

प्रतिस्थापन विधेयकप्रति व्यवसायी तथा उद्योगीहरुको सकारात्मक प्रतिक्रिया, कसले के भने?

केन्द्रबिन्दु
0
Shares

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।

बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरि ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन्। अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताए। अध्यक्ष दुलालले २०७८/०७९ को प्रतिस्थापन बजेटमा स्वागतयोग्य रहेको बताउँदै उनले अब नेपालमा अटोमोबाइल उद्योगहरुको उदय हुने बताएका हुन्। 

उनले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरि नेपालमा सवारी साधन उत्पाादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्नुभएको भन्दै यो नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताए। अध्यक्ष दुलालले कोरोनाको यस्तो बेलामा वर्तमान सरकारले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले प्रयोगकर्तालाई थप आर्थिक भार परेको भन्दै सरकारले गत वर्ष कायम गरेकै सेगमेण्टलाई कायम गर्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने, पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरि ल्याएकाले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताए। उनले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताए।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताए। उनले प्रतिस्थापन बजेटले शुन्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताए। प्रथम उपाध्यक्ष शाहले सरकारले यसलाई समयमै लागू गर्ने आश कमै मात्र रहेको बताए।

प्रथम उपाध्यक्ष शाहले बजेटमा राम्रो कार्यक्रमहरु आए पनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै सरकारले कार्यान्वयनमा ढिलाइ गर्नु नहुने बताए। 

Logo