नेप्से परिसूचक झिनो अंकले बृद्धि, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक झिनो अंकले बृद्धि, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

केन्द्रबिन्दु
0
Shares

आइतबार ७१ अंकले बृद्धि भएको नेप्से परिसूचक सोमबार पनि झिनो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक ०.२७ अंकले बृद्धि भएर २ हजार ९४७ अंकमा कायम भएको छ। झिनो अंकले सूचक हरियो हुँदा धेरै कम्पनीहरूको मूल्यमा भने गिरावट आएको छ।

आज कारोबारमा आएका २२६ कम्पनीमा ७६ कम्पनीको मूल्य मात्रै बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ। 

सोमबार २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९ अर्ब २९ करोड ५५ लाख ४ हजार १५५ रुपैयाँमा किनबेच भएको छ। आइतबार ९ अर्ब ४४ करोड कारोबार भएको थियो।

नेप्सेका १३  उपसमूहमा बैंकिङ १६, विकास बैंक ४, फाइनान्स २, होटल तथा पर्यटन ४, जीवन बीमा ८५, निर्जीवन बीमा १९८ र ब्यापार समूह २९ अंकले बढेका छन्। अन्य लघुवित्त ३१, उत्पादन ९३ र जलविद्युत समूह ९० अंकले घटेका छन्। 

आज कारोबारमा आएका तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो। 

त्यस्तै, कालिका पावर कम्पनीको मूल्य सबैभन्दा धेरै ६.४ प्रतिशतले घटेको छ। रैराङ हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रो, युनिभर्सल पावर र माउन्टेन हाइड्रोको मूल्य घटेको छ। 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड रुपैयाँको शेयर किनबेच हुँदा दोस्रोमा रहेको युनाइटेड मोदीको ४७ करोडको कारोबार भयो।

Logo