विद्युत खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

विद्युत खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन्। 

नेपाल पोल एशोसिएसनको आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै ढकालले विद्युत प्राधिकरणले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवद्र्धकहरु संकटमा परेको बताए ।

अहिले धेरै जलविद्युत् कम्पनीहरुले अर्बाै लगानी गरिसकेको र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको स्मरण गराउँदै ढकालले यसबाट लागत र अन्यौल बढेको बताए । 

ऊर्जामन्त्री पम्फा भुसालसमेत सहभागी कार्यक्रममा ढकालले तत्काल पीपीए खुलाउन आग्रह गरे ।

‘अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशंका छ,’ उनले भने,‘अर्बौ लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्यौलमा पार्नुभएन । निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा मात्र आर्थिक विकास हुन्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युतको खपत बढ्न सक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्नुपर्ने धारणा राखे । 

ढकालले ऊर्जाका क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिने गरी परिणाम निकाल्न आफूहरु तयार रहेको बताए । सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा भएको लगानी संरक्षण र थप लगानीका लागि वातावरण तयार गर्न आग्रह गरे । 

कार्यक्रममा ढकालले निजी क्षेत्रबाट सञ्चालित उद्योग व्यवसायलाई पनि सरकारी लगानीका संस्थासरह सुविधा उपलब्ध गराउनुपर्ने धारणासमेत राखेका छन्।

Logo