सेवा विस्तारमा आक्रामक बन्दै इसेवा, शहरी क्षेत्रदेखि विकट वस्तीहरुमा पनि सहजता थप्दै

सेवा विस्तारमा आक्रामक बन्दै इसेवा, शहरी क्षेत्रदेखि विकट वस्तीहरुमा पनि सहजता थप्दै

केन्द्रबिन्दु
0
Shares

अहिलेको समय भनेको सूचना प्रविधिमा आधारित डिजिटल युग हो। पछिल्लो समय विस्तारै परम्परागत पद्धतिलाई नयाँ प्रविधिहरूले विस्थापित गर्दै लगेको छ।  

अहिले मानव जीवनको प्रत्येक आयाम डिजिटल बन्दै गएको छ । मानिसहरूको जीवन निर्वाहदेखि शिक्षा, स्वास्थ्य, पेसा, श्रम, रोजगारी, सामाजिक सुरक्षा, न्याय, सञ्चार, समानता, स्वतन्त्रता, सम्पत्तिसमेत डिजिटल बन्दै गएको छ।

यसरी मानिसका हरेक आयाममा डिजिटलाइट हुँदै जाँदा नेपालको वित्तीय प्रणाली तथा भुक्तानी प्रणालीमा समेत विद्युतीय माध्यमको कारोबार बढ्दै गएको छ। अझ भन्ने हो भने, कोरोना माहामारीपछि डिजिटल प्रविधिको एउटा युग नै परिवर्तन भएको छ । माहामारीभन्दा अघि पनि डिजिटल कारोबार हुने गरेको थियो। तर, मानिसहरूको हरेक आयामसम्म जोडिन पुगेको थिएन।

पछिल्लो समय मानिसले गर्ने हरेक कार्यसँग डिजिटल जोडिएको छ। नेपालमा यसरी डिजिटल कोरोबारलाई जोड्ने नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाडटकम हो।  

इसेवाले नेपालमा सन् २०१० को जनवरी २५ देखि आफ्नो कारोबार सुरु गरेको थियो। अहिले इसेवा १२ औँ वर्षमा चलिरहेको छ। इन्टरनेटको माध्यमबाट मोबाइल एप्स तथा ब्राउजरबाट रकम भुक्तानी गर्न सकिने नेपालको पहिलो भुक्तानी कम्पनी हो इसेवा।

मोबाइल ब्यालेन्स ट्रान्सफर, विद्युतीय रकम भुक्तानी, विद्युत प्राधिकरण तथा टेलिफोनको बिल भुक्तानीको मुख्य माध्यम बनेको इसेवाबाट अन्य दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न मिल्नेछ। त्यसैगरी, रकम ट्रान्सफर, बीमाको प्रिमियम भुक्तानी गर्न इसेवा प्रभावकारी बन्दै गएको छ। 

अहिले इसेवा नेपालका सुविधा सम्पन्न शहरी क्षेत्रदेखि नेपालको कुना कन्दराका वस्तीहरूमा समेत सबै किसिमको सुविधासहित पुगेको छ। पछिल्लो समय मानिसहरूले लाइन बसेर गर्नु पर्ने काम आउने वित्तिकै इसेवालाई सम्झने गरेका छन्। 

पछिल्लो समय इसेवाप्रति आम मानिसहरूको बढ्दै गएको आकर्षण कायम राख्नेका लागि मानिसहरूसँग प्रत्यक्षरूपमा जोडिएका विषय विहानदेखि बेलुकासम्म खर्च गर्नेदेखि बचत गर्नेसम्म इसेवाबाट नै कारोबार गर्ने वातावरण बनाउने योजनामा इसेवा लागेको कम्पनीका सि.एस.ए अफिसर रोशन लामिछानेले जानकारी दिए। आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेको उनको भनाइ छ।

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तर्गत इसेवासँगै अहिले करिब एक दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा रहेका छन्। आम मानिसलाई सेवाको साथै एकहजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारीसमेत दिँदै आएको छ।

अहिले इसेवामार्फत अप्रत्यक्षरूपमा करिब एक करोड ५० लाख जनसंंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। अहिले इसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्यासमेत एक लाख ८५ हजार नाघिसकेको कम्पनीले जनाएको छ।

नेपालमा डिजिटल कारोबारको त्यति धेरै विकास नभएको हुँदा इसेवाले स्थापना भएको धेरै वर्ष संघर्ष गर्नु परेको थियो। तर, पछिल्लो समय नेपाल राष्ट्र बैंकले नीति बनाएपछि २८ सेवा प्रदायक कम्पनी आवद्ध भएकाले कारोबारको मार्केट बढ्दै गएको लामिछानेले बताए।

नेपालमा अहिले पनि पूर्णरूपमा कारोबार डिजिटल भएको छैन। मुलुकको अर्थतन्त्रको करिव ३ प्रतिशतमात्रै डिजिटल कारोबार हुने गरेको छ। तर, पछिल्लो समय राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानीमा जोड दिएकाले कारोबार बढ्न थालेको उनको भनाइ छ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत १६ भन्दा बढी क्षेत्रमा सेवा लिन सकिन्छ। इसेवामा खाता खोली आफ्नै मोबाइलबाट निःशुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी, स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानीसमेत गर्न सकिन्छ।

इसेवा कसरी प्रयोग गर्ने?
रजिष्ट्रेशन

सबैभन्दा पहिले इसेवाको एप डाउनलोड गरि रजिष्टर गर्ने। यसरी रजिष्टर गर्दा तपार्इंको मोबाइल नम्बर नै तपाईंको इसेवा आइडी हुनेछ।

इसेवामा पैसा जम्मा गर्न
इसेवामा चार प्रकारबाट सजिलै रकम जम्मा गर्न सकिन्छ ।

१. इन्टरनेट वा मोबाइल बैंकिङमार्फत
बैंकको खाताबाट इन्टरनेट वा मोबाइल बैंकिङमार्फत इसेवामा निःशुल्क रकम जम्मा सकिन्छ। सबैभन्दा पहिला बैंकमा खाता खोलेर बैंकमा मोबाइल/इन्टरनेट बैंकिङ सेवा लिनु पर्नेछ।

२. काउण्टर डिपोजिट मार्फत
इसेवाको पार्टनर बैंक मध्ये ७ वटा बैंक, विकास बैंक र फाइनान्सबाट इसेवामा काउण्टर डिपोजिट पनि गर्न सकिन्छ । जसमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, महालक्ष्मी डेभेलपमेन्ट बैंक, मेगा बैंक, ओम डेभेलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, आइ.सी.एफ.सी. फाइनान्स रहेका छन्।

इसेवामा उपलब्ध सेवाहरुः
१.मोबाइल रिचार्ज र टपअप
२.ल्याण्डलाइन बिल
३.हवाइजहाज र बस टिकट
४.बिजुली र खानेपानीको बिल भुक्तानी
५.इन्टरनेटको बिल भुक्तानी
६.टेलिभिजन रिचार्ज
७.मूभि टिकट
८.होटल बुकिङ
९.स्कुल फि
१०.इन्सुरेन्स प्रिमियम
११.किस्ता भुक्तानी
१२.डिम्याट खाता दर्ता र नविकरण
१३.क्रेडिट कार्ड बिल भुक्तानी
१४.अनलाइन सपिङ
१५.बैंक डिपोजिट
१६.यातायातमा लाइसेन्स तथा विलबुक नविकरण 
१७.ट्राफिक जरिवाना,
१८.फुड एण्ड हस्पिटालिटी

इसेवा भनेको के हो ?

इसेवा भनेको मोबाइल वा इन्टरनेटको प्रयोगबाट किनमेल गर्न सकिने अत्यन्तै सहज माध्यम हो । कसैलाई पैसा पठाउन, पाउन र तिर्न इसेवाको प्रयोग गर्न सकिन्छ। मोवाइलबाट सम्पूर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ । सुरक्षा प्रणालीमा अन्तर्राष्ट्रियस्तरको विकसित नीति र प्रविधि अपनाइएको हुनाले इसेवा रकम र कारोबार अत्यन्तै सुरक्षित हुन्छ ।

इसेवाको प्रयोग निःशुल्क छ ?

इसेवाको पूर्णरुपमा निःशुल्क छ । इसेवा प्रयोग गर्दा विभिन्न सेवामा कम्तिमा २ प्रतिशतदेखि ९ प्रतिशतसम्म छुट (विभिन्न सेवा अनुसार) पाइन्छ।

हवाई टिकट काट्दा, रिजार्च कार्ड खरिद गर्दा वा टपअप गर्दा, आदि कुरामा विशेष छुट प्राप्त गर्न सकिन्छ। इसेवा प्रयोगबाट मासिक १,५०० देखि २००० सम्म बचत गर्न सकिन्छ।

Logo