तीनदेखि निरन्तर नेपाली शेयर बजारमा गिरावट, मंगलबारमात्रै ७० अंकको पहिरो

तीनदेखि निरन्तर नेपाली शेयर बजारमा गिरावट, मंगलबारमात्रै ७० अंकको पहिरो

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजार गिरावट हुदै आएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जामा ४ देखि १२ करोडको सिमा तोकेसँगै घटेको शेयर बजार मंगलबार पनि निरन्तरता पाएको छ।

मंगलबार मात्रै नेप्से परिसूचक ७०.०१ अंकले गिरावट आएको छ। ७० अंकको गिरावटसँगै नेप्से परिसूचक २ हजार ६१५ अंकमा झरेको छ।

सोमबार पनि नेप्से परिसूचक ७३ अंकले घटेको थियो। 

तर, सोमबारको भन्दा मंगलबार कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ५ अर्ब १२ करोडको शेयर किनबेच भएकोमा आज ५ अर्ब ७४ करोड पुगेको छ। 

मंगलबार नेप्से परिसूचक सबै उपसमूहहरु घटेका छन् । बैंकिङ ३६, विकास बैंक १५४, फाइनान्स १७५, होटल तथा पर्यटन  २४, जलविद्युत् १३८, लगानी ३, जीवन बीमा ४३१, उत्पादन ८९, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा ३२५, अन्य ३१ र ब्यापार समूह ७९ अंकले घटेका छन् । 

आज कारोबारमा आएका कम्पनीमध्ये १० कम्पनीको मूल्य बढ्यो भने १७३ कम्पनीको मूल्य घटेको छ। ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मैलुङखोला जलविद्युत्को पनि बढेको छ।

सामान्य मूल्य बढेका कम्पनीहरुमा मेगा बैंक, बोटलर्स नेपाल तराइ, ओरियन्टल होटल, विजय लघुवित्त, स्वाभिमान लघुवित्त, एनआइसी एसिया लघुवित्त, माहुली सामुदायिक लघुवित्त र गणपति लघुवित्त रहेका छन्। 

हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, गोर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ। 

जोशी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिवश्री हाइड्रोपावर, समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ। 

 

Logo