“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

केन्द्रबिन्दु
0
Shares

विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ। डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ। 

अहिले नेपालीहरुको घर आँगनमा चाडपर्वको मौसम छाईसकेको छ, यो रमाइलो पर्वको मौसममा थप खुशीयाली र उत्साह थप्न डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । 

साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ। 

लालिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन्। यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाका खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भइरहेको छ। डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ। 

यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ। 

Logo