सुमार्गीको ‘सय किसान’ अवधारणाः एईसी र आराभा नेपालबीच भयो कृषि सम्झौता

सुमार्गीको ‘सय किसान’ अवधारणाः एईसी र आराभा नेपालबीच भयो कृषि सम्झौता

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) ले अघि सारेको ‘सय किसान’ अवधारणा सफल बनाउन आराभा नेपाल मोडर्न एग्रिकल्चरबीच सम्झौता भएको छ ।

सम्झौतामा एईसीका सभापति अरुणराज सुमार्गी र आराभा नेपाल मोडर्न एग्रिकल्चरका अध्यक्ष कृष्णप्रसाद बजगाईले हस्ताक्षर गरेका छन् ।

एईसीका सभापति सुमार्गीले यसअघि नै मुलुकको कृषि क्षेत्रका लागि ‘गेमचेन्जर’ अवधारणाका रुपमा ‘सय किसान’ कार्यक्रम घोषणा गरेका थिए । 

उक्त कार्यक्रमकै अवधारणालाई ‘एक्सन’मा लैजान एईसी र आराभा नेपालबीच सम्झौता भएको सुमार्गीले बताए । 

मंगलबार भएको उक्त सम्झौताअनुसार एईसी र आराभा नेपाल मिलेर अब मुलुकभरबाट सय जना किसान छनोट गर्नेछन् ।

देशभरका किसानको अवस्था, उनीहरुको व्यवसायिक स्थिति र व्यावसायिक अवस्थालाई सुधार गर्नुपर्ने पहल समेटेर आधारपत्र तयार पारिने सभापति सुमार्गीले बताए । 

उनका अनुसार आधारपत्र तयार भएपछि एक जिल्लाबाट एक किसान नछुट्ने गरी सय जना किसान छनोट गरिनेछ । 

आराभा नेपाल इजरायलबाट फर्किएका नेपालीहरुले सञ्चालन गरेको कम्पनी हो । यसले विगत ५ वर्षदेखि नेपालको कृषि शिक्षा र कृषि पर्यटनका क्षेत्रमा काम गर्दै आएको छ ।
 

Logo