कोकाकोलाको ब्राण्ड एम्बेसडरमा नायिका स्वस्तिमा खड्का

कोकाकोलाको ब्राण्ड एम्बेसडरमा नायिका स्वस्तिमा खड्का

केन्द्रबिन्दु
0
Shares

कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ ।

साथै, कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ । 

बुधबार पत्रकार सम्मेलन गरी कोकाकोलाले यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो । 

यसको मुख्य आशय कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ । 

कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए । 
 

Logo