शेयर बजारमा ‘कम ब्याक’, नेप्से परिसूचक ५०.५९ अंकले बृद्धि

शेयर बजारमा ‘कम ब्याक’, नेप्से परिसूचक ५०.५९ अंकले बृद्धि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक महिनादेखि नेपाली पूँजी बजारमा उतारचढाव आइरहेको छ। नेप्से कहिले उच्च अंकले बढ्ने त कहिले उच्च अंकले गिरावट आउने गरेको छ।

पछिल्लो तीन दिन शेयर कारोबारमा २०४ अंक भन्दा बढीले घटेको थियो। तर, बुधबार लगातार घटिरहेको शेयर बजारमा लगानीकर्ता उत्साहित भएका छन्।

बुधबार लगानीकर्ता उत्साहित हुदाँ शेयर बजार ५० अंकको ‘कम ब्याक’ भएको छ।    

नेप्से परिसूचक ५०.५८ अंकले बढेर २ हजार ६६५.९४ अंकमा पुगेर कारोबार  बन्द भएको छ। नेप्से परिसूचक मंगलबार ७० अंकको गिरावटसँगै नेप्से परिसूचक २ हजार ६१५ अंकमा झरेको थियो।

आज नेप्से परिसूचकका सबै सूचकहरूमा हरियाली छाएको छ। तर, लगानीकर्तामा उत्साह देखिए पनि कारोबार रकममा भने खासै उत्साहजन रूपमा बृद्धि भएको छैन ।

१३ उपसमूहमा बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।

आज कारोबारमा आएका २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर  ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भएको छ ।

२२९ कम्पनीमध्ये १९५ वटा कम्पनीको शेयर बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ ।

उपसमूहतर्फ पनि सबैमा वृद्धि देखिएको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्स, हाइड्रोपावरको शेयर मूल्य बढको छ।

आज अपि पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, कालिका पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्यमा पनि बृद्धि भएको छ।

Logo