कोरोना बीमा रकम भुक्तानीबारे अर्थ मन्त्रालयले थाल्यो छलफल

कोरोना बीमा रकम भुक्तानीबारे अर्थ मन्त्रालयले थाल्यो छलफल

केन्द्रबिन्दु
0
Shares

अर्थ मन्त्रालयले कोरोना बीमा बापतको विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । 

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयुक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। 

कोरोना बीमा गर्दाको शुल्कवापत कम्पनीहरूले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए। हालसम्म १ लाख ३७ हजार ७५४ जनाको बीमा दावी परेको छ, तीमध्ये आधाभन्दा धेरैलाई भुक्तानी दिन बाँकी छ।

कोरोना बीमा मापदण्डमा नै एक अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले नै बेहोर्नुपर्ने, १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले, २ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुलले तथा साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी बीमा समितिले बेहोर्नुपर्ने उल्लेख छ। 

Logo