भन्सार जाँच पासमा सहजीकरण गर्ने भन्सार विभागलाई नाडाको आग्रह

भन्सार जाँच पासमा सहजीकरण गर्ने भन्सार विभागलाई नाडाको आग्रह

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । 

विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जनाएको छ।

महानिर्देशकसँगको भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।

अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारीसमेत भइसकेको जानकारी दिए । 

उक्त छलफलमा महासचिव सुनिल रिजालले एच.एस कोड परिर्वतन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोबाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए ।

महानिर्देशक सापकोटाले भन्सार जाँच पासमा थप सहजीकरण गर्ने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताए । 

सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइलसमेत तयार गर्न लागेको बताए ।
 

Logo