नेप्से परिसूचक ३२.५१ अंकले गिरावट

नेप्से परिसूचक ३२.५१ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

बुधबार ५० अंकले उकालो लागेको शेयर बजार बिहीबार गिरावट आएको छ।

साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३ अंकमा झरेको छ। 

भदौ २ गते अगाडि नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड बनाएको थियो । जुन दिन बजार बन्द हुँदा ३ हजार १९८ अंकमा पुगेको थियो ।

भदौ २ गतेदेखि आजसम्म नेप्से पाँच सय ६५ अंकले घटिसकेको छ। 

त्यस्तै, बुधबारको तुलनामा कारोबार रकम पनि निकै घटेको छ। बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३ अर्ब ७० करोडको सेयर किनेबच भयो। बुधबार ५ अर्ब २ करोडको कारोबार भएको थियो।

उपसमूहमध्ये बैंकिङ २०, विकास बैंक १५५, फाइनान्स ६८, होटल तथा पर्यटन ४४, जलविद्युत ८२, लगानी १, जीवन बीमा १०१, उत्पादन १०२ र निर्जीवन बीमा १०४ अंकले घटेको छ ।

आज १० प्रतिशत मूल्य बढ्ने कम्पनीमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युत रहेका छन्।

तर, यता गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालय पावर पार्टनरको मूल्य भने ६ प्रतिशत बढीले घटेको छ। 

Logo