साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज दुई सयले बढेको हो।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ८०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ३५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज २० रुपैंयाँले बढ्दै एक हजार १६० रुपैंयाँमा कारोबार भइरहेको छ।

Logo