नोटको आयु कति?, राष्ट्र बैंकले रु १, २, २५ र २५० दरका नोटहरू किन छाप्दैन?

नोटको आयु कति?, राष्ट्र बैंकले रु १, २, २५ र २५० दरका नोटहरू किन छाप्दैन?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ।

तर रु १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्।

रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक विसं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको आयु कति?

आर्थिक वर्ष २०७०/७१ मा १९ अर्ब रुपैयाँ, २०७१/७२ मा ४० अर्ब रुपैयाँ, २०७२/७३ मा २६ अर्ब रुपैयाँ र २०७३/७४ मा २५ अर्ब रुपैयाँ बराबरका नोट प्रचलनबाट खिचिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र ब्याङ्कका अधिकारीहरूको भनाइ छ।

पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने उनीहरू बताउँछन्।

तर यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन।

राष्ट्र बैंकले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ। पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ।

पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ।बीबीसीबाट

Logo