नेप्से ६.६८ अंकले गिरावट, लगानीकर्तामा थप निराशा

नेप्से ६.६८ अंकले गिरावट, लगानीकर्तामा थप निराशा

केन्द्रबिन्दु
0
Shares

दुई हप्तादेखि निरन्तररूपमा ओरालो लागिरहेको नेप्से परिसूचक सोमबार पनि घटेको छ। नेप्से परिसूचकमा भदौ दोस्रो साताबाट उतारचढाव सुरु भएर आजसम्म पनि रोकिएको छैन। 

गत भदौ २ गते नेपालकै इतिहासमा पहिलोपटक  ३ हजार १९८.६० अंकमा पुगेर किर्तिमान बनाएको थियो । यो अंक अहिलेसम्मकै उच्च थियो । भदौ महिनामा नै कारोबार रकम पनि २१ अर्ब भन्दामाथि पुगेको थियो।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैकले शेयर कर्जा धितोमा ४ करोडदेखि १२ करोड रुपैयाँको सीमा तोकेसँगै शेयर बजारमा असर परेको थियो।

भदौ २ गतेदेखि आइतबारसम्ममा ६ सय २७.७८ अंकले गिरावट भएको छ। आइतबार मात्रै ५५.९३ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि ६.६८ अंकले गिरावट आएर २ हजार ५७०.८१ अंकमा सीमित भएको छ।

त्यस्तै, शेयर बजारमा कारोबार रकमसमेत घटेको छ। यसरी कारोबार रकम घटेको हिसाबले हेर्दा शेयर बजारमा लगानीकर्ताहरु निराश देखिएका छन्।

सोमबार २२७ कम्पनीको शेयर कारोबार भएको छ। सोमबार २५९५ बिन्दुसम्म नेप्से परिसूचक पुगेपनि बजारले बियरिस ट्रेण्ड नै समातेको देखिएको छ। 

पछिल्लो समय नेप्सेमा सूचिकृत कम्पनीले लाभांश घोषणा गरेपनि खासै शेयर कारोबारमा असर भने परेको देखिँदैन। सोमबार सबैभन्दा बढी आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन्। 

आशा लघुवित्तको शेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ। यस्तै सबैभन्दा गुमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन्।

Logo