आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

केन्द्रबिन्दु
0
Shares

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ का प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ। जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे MUNÚ21 को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल MUN ले २०२१ का लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टोबर ३० मा सम्पन्न हुँदैछ भने अक्टोबर १० मा क्वार्टरफाइनल पूरा हुने प्रबन्ध रहेकाले यसबेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ। जस अन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एपमार्फत हुनेछ। सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ। प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरुको लागि उत्तिकै महत्वपूर्ण छ जति प्रतियोगिहरुका लागि । तसर्थ यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलन्द पार्ने कम्पनीको विश्वास छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरीएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेर आएको छ । अघिल्लो बर्ष जस्तै, क्वार्टर फाइनलका लागी जजिंग स्कोर र भोटिङ्ग मिलाएर औसत अंक निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसँगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ। डिजिटल भुक्तानी साझेदार, आइएमई पे अन्तर्गत संचालन हुने MUNÚ21 भोटिङ्गको पूर्ण विवरण यस्तो रहेको छ। 

●    टप ५०, क्वार्टरफाइनल
○    सबै प्रतियोगीहरुको टास्क १ (स्विमसूट राउन्ड) र टास्क २ (जजसँग अन्तरवार्ता) का आधारमा समिक्षा गरिनेछ ।
○    जजबाट प्राप्त अंकको भार ५०% रहनेछ, जसलाई आईएमई पे मा प्राप्त कुल मतसँग मिलाएर औसत अंकको निर्धारण हुनेछ ।
●    सेमिफाइनल र फाइनल
○    सेमिफाइनलिस्टको घोषणा पछि फाइनलका लागि भोटिङ्ग सुरु हुनेछ ।
○    भोटिङ्ग ग्रान्ड फाइनल सम्म जारी रहनेछ । आइएमई पे मा सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान जनताको छनौटको रूपमा सुरक्षित रहनेछ।

○    प्रेस प्रस्तुती पश्चात, २१ अक्टोबरमा, ‘सोसल इम्प्याक्ट लिडर’ को लागि भोटिङ्गको घोषणा गरिनेछ जुन पछिल्लो वर्ष ब्रेभ बोल्ड एण्ड ब्युटिफुल सोसल एड्भोकेसीको रूपमा सुपरिचित थियो। आइएमई पे मा आफ्नो सामाजिक अभियानको लागी सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमीफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान प्रभावकारी सामाजिक अगुवाको रूपमा सुरक्षित रहनेछ।

आइएमई पे मा युनिभर्स नेपाल २०२१को भोटिङ्ग खुल्ने प्रतीक्षा गर्नुहोस् र आफ्नो मनपर्ने प्रतियोगीलाई प्रतियोगितामा अगाडि बढ्न मद्दत गर्नुहोस्, पहिलो भोट निः शुल्क हुनेछ।

मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले, अक्टोबर ३० मा मिस युनिभर्स नेपाल २०२१ को बिजेतालाई ताज पहिराउनेछिन्।

Logo