ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन्। उनीहरुलाई सोमबार राति प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)ले पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा सिभिल ग्रुपका अध्यक्ष तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन्। उनीहरु सबैलाई कार्यालयबाटै पक्राउ गरिएको हो।

इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ।

सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Logo