नेपाल ल्यूव आयल लि.को ३० औं वार्षिक साधारण सभा

नेपाल ल्यूव आयल लि.को ३० औं वार्षिक साधारण सभा

केन्द्रबिन्दु
0
Shares

नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। हाल विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्धि गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। कम्पनीद्वारा यस साधारण सभामार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरुले प्रशंसा गरेका छन्। 

साधारण सभा भर्चुअल तथा स्वयम् उपस्थितीमा सभा संचालन भएको थियो। त्यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो। स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरुबिच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने,“नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको छ। चालू आर्थिक वर्षको लागी, हामीले गतवर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं। 

यस्तै बजारमा लुब्रीकेन्टसहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरु मार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएका छौं, जस अन्र्तगत ब्याट्रीको विक्री वितरण सुरु भइसकेको छ। कम्पनीले आफ्ना उत्पादित र विक्रिवितरण गरिने वस्तुहरुको गुणस्तर र मानव संशाधन विकासका लागि आफ्नो प्रतिबद्धतालाई सदैव मुख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरणसमेत गर्दछ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्यानचेष्टर युनाईटेड फुटबल क्लब, म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सुपर सिङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ। त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्यरुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ। गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ। 

Logo