“दिमाग हल्लिने अफर”, अब ८९९ मै १०० एमबिपिएस डिशहोम फाइवरनेट

“दिमाग हल्लिने अफर”, अब ८९९ मै १०० एमबिपिएस डिशहोम फाइवरनेट

केन्द्रबिन्दु
0
Shares

विगत ११ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ। इन्टरनेट वितरणको सुरुवाती चरणमा नै गुणस्तरीय र उत्कृष्ट सेवामार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाइवरनेट पर्न सफल भएको छ। 

अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाइवरनेटले प्रदान गर्ने भएको छ। ग्राहकहरुले मासिक मात्र रु ८९९ मा नै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सकिनेछ। 

१०० एमबिपिएस इन्टरनेट सवैभन्दा सस्तो मूल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। असोज ११ गतेदेखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भइरहेको छ यो योजना अन्तर्गत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउनेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ। लक्की ड्र को प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमका अन्य च्यानलहरुमा हुनेछ।

Logo