धेरै दिनपछि बढ्यो नेप्से, आज ४१ अंकको सुधार

धेरै दिनपछि बढ्यो नेप्से, आज ४१ अंकको सुधार

केन्द्रबिन्दु
0
Shares

करिव दुई सातादेखि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार ४१.८४ अंकले बढेको छ। नेप्से आज ४१.८४ अंकले बढेर २ हजार ६१२.६५ अंक पुगेको छ। यसअघि निरन्तर बजार घटेर २५०० अंकको लाइनमा आइसकेको थियो।

आज कारोबारमा आएका २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर दिनभरीमा कुल २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम पनि निरन्तररूपमा घटिरहेको छ। यसरी कारोबार रकम तीन अर्बभन्दा तल झरेको छ। .

नेप्सेका १३ उपसमूहमा ब्यापारबाहेक सबै उपसमूह बढेका छन्। १३ समूह मध्येका वित्तीय क्षेत्रका उपसमूह बढेकाले बजार केही माथि उठेको छ। 

मंगलबार सबैभन्दा बढी जीवनबीमा ३०७ अंकले बढेको छ। बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। 

त्यस्तै, आज चार कम्पनीको शेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर र मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा बढेर सर्किट लागेको हो। एनआइसी लघुवित्तको शेयर मूल्य घटेको छ।

पछिल्लो समय निरन्तररूपमा बजार घटेपछि निजी क्षेत्रका संगठनहरुले चिन्ता ब्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए। नेपाल उद्योग बाणिज्य महासंघले सोमबार र नेपाल उद्योग परिसंघले मंगलबार राष्ट्र बैंकको ४ र १२ करोडको ऋण सीमाले बजार घटेको भन्दै त्यसलाई सच्याउन भनेका थिए।

Logo