चाडपर्वलाई लक्षित गरी उपत्यकाका बजारमा अनुगमन तीव्र

चाडपर्वलाई लक्षित गरी उपत्यकाका बजारमा अनुगमन तीव्र

केन्द्रबिन्दु
0
Shares

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी  काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो। 

बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटाभन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए। उनले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए। 

अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताए। उनले तीन जनालाई तत्काल जरिवाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए। उनले पसलमा मुख्य व्यापारी नभएकाले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए।

निरिक्षण अधिकृत झाले अहिले निरन्तररुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए। 

Logo