बुद्ध एयरकाे जहाज सुर्खेतमा ल्यान्ड हुन नसकेपछि नेपालगन्जमा अवतरण

बुद्ध एयरकाे जहाज सुर्खेतमा ल्यान्ड हुन नसकेपछि नेपालगन्जमा अवतरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्ज विमानस्थल पुगेको छ। बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज कुहिरोका कारण सुर्खेतमा अवतरण हुन नसेसँगै नेपालगन्ज विमानस्थलमा अवतरण गरिएको हो।

त्रिभुवन विमानस्थलबाट बिहान ८ बजे उडेको जहाजमा क्रु सहित ४६ जना यात्रु रहेका थिए।

भेरी नदी आसपासको क्षेत्रमा कुहिरोका कारण अवतरण हुन नसेको जहाज मौसम अनुकूल भए पश्चात् पुनः सुर्खेतका लागि उडाइएको बताइएको छ।

Logo