नेप्से परिसूचक ६८.४७ अंकले बृद्धि, कारोबार रकममा समेत उल्लेख्य सुधार

नेप्से परिसूचक ६८.४७ अंकले बृद्धि, कारोबार रकममा समेत उल्लेख्य सुधार

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक महिनादेखि लगातार करेक्सनमा देखिएको नेप्से परिसूचक मंगलबारदेखि भने बढ्न थालेको छ। मंगलबार ४१ अंकले सुधार आएको नेप्से परिसूचक बुधबार पनि वृद्धि भएको छ।

बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २ हजार ६८१.११ विन्दुमा पुगेको छ। आज कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा बुधबार साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। 

आज कारोबारमा आएका २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसरी सकारात्मक सर्किट लेभल लाग्ने कम्पनीमा अधिकांश विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स रहेका छन्।

आज बेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथि लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्तलगायतका कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

रिडी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावरको १.४६ प्रतिशत, सिनर्जी पावरको ०.२४ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ०.१८ प्रतिशत र सिभिल बैंकको ०.०४ प्रतिशतले घटेको छ।

बुधबार सिटिजन्स बैंकको सबैभन्दा धेरै २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख, निर्धन उत्थानको १६ करोड ७८ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ भने माइक्रोफाइनान्स र विकास बैंकमा पनि आकर्षण बढेको देखिएको छ।

Logo