सामलिङ्ग पावर कम्पनीद्वारा साधारण शेयर बाँडफाँट

सामलिङ्ग पावर कम्पनीद्वारा साधारण शेयर बाँडफाँट

केन्द्रबिन्दु
0
Shares

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको साधारण शेयर आज बाँडफाँट गरेको छ। कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना अतिप्रभावित तथा आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँट गरेको हो।

आयोजना अतिप्रभावित समूहका लागि छुट्याईएको शेयरका लागि ३ हजार २५५ योग्य आवेदनहरु परेको थियो। आयोजना अतिप्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन्।

आयोजना प्रभावित समूहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन्। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। पहिलो चरणको साधारण शेयर बाँडफाँट गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेकोसमेत बताएको छ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१)  देखि व्यापारिक उत्पादन सुरु गरीसकेको छ। 

Logo