दसैँ बजारः लत्ताकपडा २० प्रतिशत महँगो, तैपनि खोजे जस्तो सामान छैन

दसैँ बजारः लत्ताकपडा २० प्रतिशत महँगो, तैपनि खोजे जस्तो सामान छैन

केन्द्रबिन्दु
0
Shares

दसैँले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सकेको छैन। तर मूल्य पनि गतवर्षको भन्दा २० प्रतिशत बढीले वृद्धि भएको व्यापारीहरुले बताएका छन्।

आजबाट दसैं सुरु भएको छ। दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ। नयाँ कपडा लगाउन दसैँ कुर्ने बानी हटि नसकेका कारण पनि बजारमा भीड बढेको हो। तर, बजारमा आफूहरुले चाहे जस्तो सामान नहुँदा ग्राहकहरु भने निरास भएर फर्कन बाध्य भएका छन् भने सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रियासमेत दिएका छन्। खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन्। यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन्।

यता, व्यापारीहरुले पनि यस वर्षको दसैँमा लत्ताकपडा लगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन्। उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङ्कन पनि बढेका कारण महँगी बढेको बताएका छन्। उनीहरुका अनुसार यस वर्ष २० प्रतिशत भन्दा धेरै मूल्यवृद्धि भएको छ। व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुँदा व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन्। उनीहरुले दसैँ सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनु परेको पनि गुनासो गरे।

व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ।

Skip This
Skip This
Logo