एनसेलको चाडपर्व योजनाः पेजी डेटा शुल्क प्रति एमबी १ रूपैयाँमा, रिचार्जमा आकर्षक बोनस

एनसेलको चाडपर्व योजनाः पेजी डेटा शुल्क प्रति एमबी १ रूपैयाँमा, रिचार्जमा आकर्षक बोनस

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ। चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन्।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन्। 

दशैं, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ। यो योजना ९० दिनको लागि मान्य रहनेछ। 

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन्। रु ५० देखि रु ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबीदेखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्दछन्। 

त्यस्तैगरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन्। रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउँनेछन्।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएतापनि पेएजयूगो अर्थात पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ। चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। 

एनसेलले असोज २० चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौकासहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो। यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन्। यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता संचालनमा रहनेछ।

Skip This
Skip This
Logo