नेपाल बंगलादेश बैंकले लाभांश र बोनस शेयर दिने

नेपाल बंगलादेश बैंकले लाभांश र बोनस शेयर दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  बैंकले १५ प्रतिशत लाभांशसहित १२ प्रतिशत बोनस शेयर दिने भएको छ। 

यसमा बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ। बैंकको यो घोषणा पाँच वर्ष यताकै उच्च हो।

बैंकले पछिल्लो १० वर्षमा ३३ प्रतिशतसम्म लाभांश दिएको छ। बैंकको चुक्तापुँजी ९ अर्ब रुपैंयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैंयाँ छ। 

बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड रुपैंयाँ वितरणयोग्य नाफा गरेको थियो।

Logo