डन्डीमा ३० प्रतिशत अन्तःशुल्क लागेको छ, त्यो हटाउँछौँः अर्थमन्त्री शर्मा

डन्डीमा ३० प्रतिशत अन्तःशुल्क लागेको छ, त्यो हटाउँछौँः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

बजेट कार्यान्वयनका विषयमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगी तथा व्यापारीहरुसँग छलफल गरेका छन्।

आइतवार अर्थमन्त्री शर्माले आयातित स्टील बिलेटमा अन्तशुल्क बढाएपछि दुई ध्रुवमा बाँडिएका डन्डी उद्योगी तथा व्यापारीहरुसँग छलफल गरेका हुन्। छलफलका क्रममा अर्थमन्त्री शर्माले उद्योग नबढाउने भए डन्डीमा लगाइएको ३० प्रतिशत अन्तःशुल्क हटाउने प्रश्ताव गरे। उनले डन्डी अन्य मुलुकबाटै ल्याएर बेच्न आग्रह गर्दै उनले राज्यसचिवसँग छलफल गरेर उद्योगीहरुले विद्युतको खपथ, भ्याल्यूएशन, श्रमीकहरुको अवस्थाको बारेमा रिपोर्ट तत्काल तयार गर्न निर्देशन दिए। अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनलाई प्रोत्साहन दिने गरी प्रतिस्थापन विधेयक ल्याएको बताए।

छलफलमा ज्योती समूहका उपाध्यक्ष डा.रुप ज्योतीले प्रतिस्थापन विधेयक डब्ल्यूटिओको सिद्धान्त विपरित भएको बताए। उनले अहिले प्रतिस्थापन विधेयक मार्फत् दिइएको छुटले राष्ट्र र जनतालाई खतरा रहेको बताए। उनले प्रतिस्थापन विधेयकले लगानी गर्नेहरुको लगानी पनि संकटमा पर्ने बताए।

सौरभ समूहका चेयरम्यान विष्णु न्यौपानेले केही उद्योगीहरुले आफ्नो स्वार्थपूर्ति भएपछि अरुको व्यवसायलाई नराम्रो तर्क गरेको बताए। उनले अहिले सरकारले आफूहरुलाई पनि ८ प्रतिशतको प्रोटेक्शन दिएको कुरा स्वागतयोग्य रहेको बताए। उनले यो पनि बढी भएको बताउँदै यो सामन्तीवाद भएको बताए।

छलफलमा रोलिङ मिल एशोसिएशनका उपाध्यक्ष किरण शाखले आफूहरुलाई बाँच्ने वातावरण मिलाइदिन अर्थमन्त्रीसँग आग्रह गरे। उनले आफूहरु बजारमा नभएको बेला छडहरुको मूल्य वृद्धि भइरहेको बताउँदै यस उद्योगमा आफूहरु पनि बस्न पाउने व्यवस्था मिलाइनु पर्ने बताए।

त्यस्तै उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले बिलेटलाई फिनिस्ट प्रोडक्ट जस्तो गरेर विवाद निकालिएको तर्क गरे। बिलेट फिनिस्ट प्रोडक्ट नभएको बताउँदै उपाध्यक्ष श्रेष्ठले स्क्र्याप आयातमा जिरो ड्यूटि नहुने बताए। उनले सरकारले अन्तःशुल्कमा सम्मान व्यवहार गर्नुपर्ने बताएका थिए।  

सरकारले प्रतिस्थापन विधेयकमार्फत् छड उत्पादन गर्ने कच्चा पदार्थ स्पञ्ज आइरनको भन्सार शुन्य बनाउनुका साथै बिलेटको अन्तःशुल्क बढाएको भन्दै स्टील उत्पादकहरु विभाजित भएका छन्। विदेशबाट बिलेट आयात गरेर डन्डी बनाउनेहरुले सरकारले ल्याएको प्रतिस्थापन विधेयकको बिरोध गरेका हुन् भने स्वदेशमै बिलेट उत्पादन शुरु गरेका व्यवसायीहरुले सरकारको कदमलाई स्वागतयोग्य ठहर्याउँदै आएका छन्।

Logo