आजदेखि बढ्यो बाग्मतीमा सार्वजनिक सवारीको भाडादर

आजदेखि बढ्यो बाग्मतीमा सार्वजनिक सवारीको भाडादर

केन्द्रबिन्दु
0
Shares

बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर आज सोमबारदेखि  बढाएको छ। 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । दसैं अघि नै यातायात व्यावसायीहरुसँग कार्तिक १ बाट भाडादर बढाउने सहमति गरिएको थियो । 

नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।

यसैगरी १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ । 

फुटकरको बहाना बनाउँदै न्यूनतम १८ रुपैयाँ भाडा अब २० रुपैया तिर्नुपर्ने देखिन्छ ।

Logo