नेप्से परिसूचक ७७.३३ अंकले घट्याे

नेप्से परिसूचक ७७.३३ अंकले घट्याे

केन्द्रबिन्दु
0
Shares

सेयर बजार परिसूचक नेप्से मंगलबार ७७.३३ अंकले घटेको छ। गिरावटसँगै परिसूचक २ हजार ५१० अंकमा कायम भएको छ। यसअघि सोमबार पनि ६९ अंकले घटेको थियो। 

यस दिन ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। साेमबार २ अर्ब ९६ करोडको कारोबार भएको थियो।

यस्तै सबै समूहमा गिरावट आएको छ । बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटेका छन्।

७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर छ। 

नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत धेरैले घट्यो।

Logo