प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ। यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ। बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो।

बिहीबारकाे यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक बढेको छ।

आजको प्रि-ओपन सेसनमा नाै कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी तीन कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

Logo