ईङवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

ईङवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

केन्द्रबिन्दु
0
Shares

ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैंयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Logo