साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट

साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। आज नेप्से १४ दशमलव ७० अंकले घटेको हो।

आइतबार सामान्य अंकले बढेको शेयर बजारमा सोमबार र मंगलबार भने भारी अंकको गिरावट आएको थियो । त्यस्तै बुधवार भएको ६०.५६ सुधारले लगानीकर्तालाई थोरै भए पनि राहत मिलेको थियो । आज पुन लगानीकर्ताहरू निराश देखिएका छन् ।

कारोबारको सुरुवाती समयमा उकालो लाग्दै गएको शेयर बजार कारोबारको अन्तिममा आएर १४.७० अंकले घट्दै २ हजार ५५६.९६ विन्दुमा पुगेको हो । यसअघि बुधवार नेप्से २ हजार ५७१.६६ विन्दुमा पुगेर बन्द भएको थियो ।

आज कारोबारमा आएका २१६ कम्पनीको  ६१ लाख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ पटक किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ। 

यसमध्ये ३० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। आज कारोबार भएका मध्य पाँच वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा म्यूचल फन्ड र अन्य समूहमा हरियाली छाएको छ । म्युचल फन्डका लगानीकर्ताले ०.४४ प्रतिशतले कमाएका छन् भने अन्य समूहका लगानीकर्ताले १.३० प्रतिशत कमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा फाइनान्स, ट्रेडिङ र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटीभिटि परिसूचक ०.६५ अंकले घटेर ४८३.४० विन्दुमा पुगेको छ ।

Logo